November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

यो गठबन्धन ‘टालाटुली बटुली कति राम्री कठपुलती’- ओली

२०७९ कार्तिक २७

1.8K

काठमाडौं । एमाले अध्यक्ष ओलीले यो पटकको निर्वाचनले देशको फैसला गर्ने बताए । दैलेखको जम्बुकाँधमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धन फुटेको हाँडीका टुक्रा भएको बताउदै देश समृद्धि नहुने बताएका हुन् ।

‘यो गठबन्धन ‘टालाटुली बटुली कति राम्री कठपुलती’ हो, यो देश एमालेबाट मात्रै समृद्ध बन्छ । त्यसैले म आग्रह गर्दछु एमालेलाई विजयी गराउनुहोस् ।’, ओलीले भने ।

यस्तै, ओलीले दैलेखमा ज्वाला उत्खनन आफूले नै गरेको दाबी गरे । ‘दैलेखमा पानीमा ज्वाला बलेको उहिल्यैदेखि सबैले देखेका थिए, तर म आएर हेरेर अनुसन्धान गरौँ भनेर अनुसन्धान गराइयो, पेट्रोलियम पदार्थ, उत्खनन हुन्छ,’ उनले भने।

Advertisement