April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

एमालेको घोषणापत्र सार्वजनिक

२०७९ कार्तिक १५

3.2K

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र मंगलबार काठमाडौंको याक एण्ड यति होटेलमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्लाटमार्फत सार्वजनिक गरेका हुन् ।

घोषणापत्र सार्वजनिक ‘डिबेट’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दुई तिहाई सरकार टिकाउन नसकेको आरोपको खण्डन गरे । ‘बहुमत टिकाउन नसकेको मात्र हैन काम पनि गर्न सकेन भन्ने जुन आरोप छ, तर दुई तिहाइको सरकार बनाउनलाई १३८ सिटको आवश्यकता पथ्र्यो तर एमालेलाई १२१ सिट उपलब्ध भएको थियो । बहुमतको सरकार बनाउन मिलेर सरकार बनाउनुपर्ने अवस्था थियो, तर सुरुदेखि नै सरकार बन्ने नदिने षडयन्त्र चल्यो । चुनाब एमालेसँग मिलेर गर्ने तर सरकार अरुसँगै बनाउने षडयन्त्र चल्यो ।’, अध्यक्ष ओलीले भने ।

परमादेशबाट अपवित्र गठबन्धन बनेको उनले आरोप लगाउदै अध्यक्ष ओलीले नेकपा एमालेसँग मात्रै देश बनाउने, भिजन, नीति कार्ययोजना र अनुभव भएको बताए ।

Advertisement