November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सिन्धुली २ मा मनोज जङ्ग थापाको प्रभाव बढ्दो

7K

काठमाडौँ । मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र न २ मा संघीय संसदका लागि उम्मेदवार हुनुभएका मनोजजंग थापा प्रभावशाली देखिँदै आएका छन् ।

वि.सं.२०४० सालमा कमला मावि ढुङ्ग्रेबासमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुबाट बामपन्थी राजनिती यात्रा शुरु गरेका थापा अखिल भारत नेपाल विद्यार्थी संघको महासचिवहुँदै राजनीतिमा अगाडि आएका हुन् । उनले लोकतान्त्रिक आन्दोलनलाई पुर्णता दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउन अन्तर्राष्ट्रिय बिभागको जिम्मेवारीमा समेत क्रियाशिल हुँदै हाल नेकपा एमालेको केन्द्रिय सदस्य तथा बुद्धिजीवी परिषदका इन्चार्ज छन् ।

थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा दखल राख्ने सक्रिय राजनितीकर्मी हुन् । वर्गीय समाज र राज्यका मूख्य मुद्दामा पार्टीलाई राय सल्लाह सुझाव दिने थापाले नेपालको माओवादी आन्दोलन र चिनिया कम्युनिस्ट पार्टीबिच सहजकर्ताको रुपमा कार्यसमेत गरेका थिए । शोषित पीडित वर्गको मुक्तिका लागि माओवादीले गरेको क्रान्ति सिमित ब्यक्ति र नेतृत्वका कारण स्खलित भएको र माओवादी आन्दोलन पार्टी बन्न नसकेको निष्कर्ष सहित थापा राष्ट्र, राष्ट्रियता र अखण्डताको पक्षमा सतिसाल झै खडा भई देश र जनताको समृद्ध र खुशीका लागि एमालेको राजनीतिमा सक्रिय भएको बताएका छन् ।

Advertisement

उनको सक्रियताकै वावजुद “समृद्ध सिन्धुली, सुखी सिन्धुलीबासी” भन्ने मूल अवधारणासहित एमालेको तर्फबाट सिन्धुली क्षेत्र न २ प्रतिनिधि सभा सद्स्यमा उम्मेदवारी दिएका हुन् । पानी, पर्यटन, पूर्वाधार, परिश्रम र परिवार नै सामाजिक रुपान्तरणको मूख्य आधार रहेको र यसैले समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्माण गरि समाजवादको मार्ग प्रशस्त गर्ने सामाजिक दर्शन तय गर्दछ भन्ने दर्शनशास्त्रमा दख्खल राख्ने उम्मेदवार थापाको बौद्धिकताबाट प्रभावित सिन्धुलीबासीहरु वास्तमै खोजे र रोजेजस्तो उम्मेदवार पाएकोमा निकै हर्षित रहेको बुझिएको छ ।