काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बिहीबार बालकोटमा मध्यरातसम्म चलेको बैठकले उम्मेदवार चयन गर्ने निर्णय गरेको हो ।
एक पदाधिकारीका अनुसार उम्मेदवारहरुको मोटामोटी प्रस्ताव आएको र त्यसमाथि ब्यापक छलफल भएको थियो । सिफारिस भएर आएका नेताहरुबारे व्यक्तिगत रुपमै छलफल भएको उनको भनाइ छ ।
उम्मेदवारबारे भने बैठकले ठोस निर्णय गरेन । ‘छलफल भएको तर निर्णय नभएको र थप छलफल गरेर उम्मेदवार टुंग्याइने उनले जानकारी दिए ।
अन्य दलसँग तालमेलको कुरा टुंगिन बाँकी रहेकाले पनि थप छलफल गरेर मात्रै उम्मेदवारबारे निर्णय लिन नेताहरु सहमत भएका छन् ।