April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

लोसपाकी कार्यकारिणी सदस्य चन्दा चौधरी कांग्रेस प्रवेश

2.2K

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टीकी कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन्।

उनी २०७४ सालमा तत्कालीन राजपाबाट समानुपातिक सांसद बनेकी हुन्। राजपा र समाजवादी पार्टी एकता भएर गठन भएको जसपा विभाजन भएपछि उनी लोसपामा लागेकी हुन्।

Advertisement

तत्कालीन तमलोपाबाट उनी २०६४ मा सांसद बनेकी थिइन्। केपी ओली नेतृत्वको सरकारमा केही समय मन्त्री बनेकी चौधरी २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सांसद चौधरीलाई आरजु राणाले टीका लगाइदिएकी थिइन्। 

चौधरी पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुन्।