November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पूर्व आइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्दै

2K

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्ने भएका छन् । खनाललाई आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । उनी ओली प्रधानमन्त्री हुँदा आइजीपी थिए ।

खनाललाई आज एमाले मुख्यालय च्यासलमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ ।

Advertisement