काठमाडौं । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता खोभारी राय एमालेमा प्रवेश गरेका छन् । पूर्व मन्त्री रायलाई पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।
एमालेका अनुसार उनीसँगै जसपाका सुनितादेवी यादव, धीरेन्द्र राय, राजमोहन राय, रामप्रवेश राय पनि एमालेमा प्रवेश गरेका छन् ।
जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य प्रतिनिधि सभाका निवर्तमान सांसद अमृता अग्रहरी पनि गत आइतबार बालकोट पुगेर एमालेमा प्रवेश गरेका थिए ।