November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चाडपर्वका बेला बजार अनुगमन र मंहगी नियन्त्रणमा ध्यान दिइयोस: नेता सिंह

7.8K

काठमाडौं । नेपाल कांग्रेसका नेता प्रकाशमान सिंहले हैजा र डेगु रोगको प्रकोप बढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बुधबार संसदको शून्य समयमा बोल्दै उनले हैजा र डेंगु रोगको प्रकोपले जनमानसमा समस्या सिर्जना गराएकाले सरकारको भूमिका प्रभावकारी बनाउन माग गरेका हुन् ।

साथै नेता सिंहले दसैं लगायत महत्त्वपूर्ण चाडपर्व सुरु हुन लागेकाले बजार अनुगमन र मंहगी नियन्त्रणमा विशेष ध्यान दिन पनि सरकार समक्ष आग्रह गरेका छन् ।

Advertisement