November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कवि बर्तौला माओवादीका तर्फबाट समानुपातिक उम्मेदवार सिफारिस

5.3K

काठमाडौँ । कवि राम बर्तौैला आसन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार सिफारिस भएका छन् ।

मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, पालुङ निवासी बर्तौलालाई नेकपा माओवादीले समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको हो । लामो समयदेखि साहित्य, पत्रकारिता, राजनीति र कृषि कर्ममा संलग्न रहँदै आएका बर्तौला अधिवक्तासमेत हुन् । नेकपा माओवादी मकवानपुर–काठमाडौँ सम्पर्क समन्वय समितिको शनिबार बसेको बैठकले सम्पर्क समन्वय प्रदेश समितिसमक्ष विद्या ढकालसहित बर्तौलाको नाम सिफारिस गरेको हो ।

यसैगरी सम्पर्क समन्वय समितिको बैठकले संघीय प्रतिनिधि सभा प्रत्यक्षतर्फ क्षेत्र नं. १ का लागि जनक बर्तौला र क्षेत्र नं. २ का लागि विनोद महर्जनको नाम सिफारिस गरेको छ ।

Advertisement

प्रदेश सभाको प्रत्यक्षतर्फ क्षेत्र नं. १ (क) बाट उद्धव आचार्य, (ख) बाट इन्द्र खतिवडा, क्षेत्र नं. २ (क) बाट विष्णुहरि ढकाल, विश्वमान श्रेष्ठ, (ख) बाट जगन्नाथप्रसाद अधिकारी र इन्द्रसिंह विश्वकर्माका साथै समानुपातिकतर्फ सरिता लामा र कमलबहादुर देउलालाई सिफारिस गरिएको छ ।