November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

खोटाङ जिल्ला संस्थापक महिला संघ अध्यक्ष कमला राई समानुपातिक तर्फ सिफारिस

9.2K

खोटाङ । नेपाली काङ्ग्रेस महासमिती सदस्य एवं खोटाङ जिल्ला महिला संघ संस्थापक अध्यक्ष कमला राई आसन्न प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ सिफारिस भएकी छन् ।

आसन्न मंसिर ४ गतेका लागि निश्चित संघिय तथा प्रादेशिक निर्वाचनमा खोटाङ जिल्लाबाट संघ तथा प्रदेशका ईच्छुक उम्मेद्वारहरुको नामावली सिफारिस कार्य सम्पन्न भएको छ ।

लामो समय निरन्तर संगठन निर्माणमा सकृय राईको यसपटक १ नं प्रदेश सभामा खोटाङको प्रतिनिधित्व गर्ने ईच्छानुसार नाम सिफारिस गरिएको प्रदेश कार्यसमितिका एक सदस्यले बताए ।

Advertisement

उनले भने, तरुण दल संस्थापक अध्यक्ष मंगलादेवी सिंह संगै मञ्च साट्ने कमै महिलाहरु खोटाङमा उपस्थित हुनुहोला । उहाँले डा। डिला संग्रौला महिला संघको सभापती रहदा केन्द्रिय सदस्यको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ। यसैगरी उहाँ निरन्तर तीन पटक वि।सं २०६७ देखि पार्टीको महाधिवेशन प्रतिनिधिको भुमिकामा रहदै आउनुभएको छ। यति लामो योगदान गरिसकेपछी पक्कै पनि प्रदेश सभामा कमला दिदिको प्रतिनिधित्व न्यायोचित हुन्छ र पार्टीले मूल्याकंन गर्नेमा हामी निश्चिन्त छौ।ू

जिल्लाले उक्त सिफारिस प्रदेश कार्यसमितिमा पठाउने र प्रदेश समितिले आफ्नो राय समेटेर केन्द्रिय कार्यसमितिमा पठाउने व्यवस्था काङ्ग्रेसको विधानमा छ।