April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान हुँदैन: प्रधानमन्त्री

1.9K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेकाले तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । उनले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने औंल्याए ।

शुक्रबार ६९औं वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि सरकार सदैव प्रतिबद्ध रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रिपरिषदमा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताए ।

Advertisement

‘विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन् । तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान हुँदैन । राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ,’ प्रधानमन्त्रीले भने ।