April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एमालेसँग सहकार्य हुँदैन, एकीकृत समाजवादीसँग एकता हुनसक्छ : प्रचण्ड

2.1K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलहरुमा चुनावी सिट बाँडफाँटका विषयमा कुनै मतभेत नभएको स्पष्ट पारेका छन् ।

उनले सन्तुलन मिल्ने गरी चुनावी सिट बाँडफाँट हुने पनि बताए । माओवादी पार्टीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका प्रचण्डले प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी छलफल भइरहेको भन्दै कुन–कुन प्रदेशका कुन–कुन क्षेत्र कसले पाउने भन्ने पनि टुंग्याउने दाबी गरे ।

बाँडफाँटबारे शुक्रबार पनि बालुवाटारमा थप छलफल हुने भन्दै उनले गठबन्धनभित्र कुनै पनि मतभेद नरहेको स्पष्ट गरेका हुन् । अघिल्लो चुनावमा कर्णालीमा गरेको त्रुटी अहिले माओवादीले नगर्ने भन्दै प्रचण्डले कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार बनाउने स्थिति ल्याउने उद्घोष बताए ।

Advertisement

एमालेसँग अहिले तत्काल सहकार्यको सम्भावना नरहेको तर नेकपा एकीकृत समाजवादीसँग भने पार्टी एकताकै पहल भईरहेको बताए ।