April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एमाले एक्लैले बहुमत ल्याउँछ : नेता तामाङ

1.5K

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता शेरबहादुर तामाङले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । उनले सबै दल मिलेर आएपनि एमाले एक्लै चुनाव लड्न तयार रहेको भन्दै बहमुत ल्याउने दाबी गरेका हुन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशव्यापी रुपमा पार्टी पँक्तिबाट आएको रिपोर्टबाट आफूहरु चुनावको लागि उत्साही रहेको बताएका हुन् ।

उनले भने,‘हामी १५ गतेभित्र देशैभरिबाट घोषणापत्रलाई आवश्यक सुझाव संकलन गरिसक्छौं । त्यसपछि घोषणापत्र तयार गर्छौं । अहिले हाम्रा बैठक निर्वाचनकेन्द्रित छन् । भोलिबाट बस्ने केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पारित गर्दैछौं । मंसिर ४ गतेको निर्वाचनको लागि हामी उत्साही छौं । बाहिर गठबनधनले जित्छ भन्ने समाचार आईरहेको बेला, स्थायी कमिटी बैठकमपार्फत हाम्रा प्रदेश ईन्चार्जहरुबाट आएको रिपोर्टबाट हामी उत्साही छौं । अहिलेपनि एमालेसँग एक्लै चुनाव लड्ने आँट कसैसँग पनि छैन् । एमालेसँग एक्लै लड्न सकिँदैन भनेर पाँच वटा दल मिले । गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दापनि हामी बहुमत लिएर आउँछौं । यो हाम्रो रिपोर्टिले देखाएको छ । अहिले हामी बहुमत ल्याउनेतर्फ अघि बढेका छौं । हामीले एक्लै निर्वाचन जित्ने तयारी गर्छौं ।’

Advertisement

साक्षात्कारमा बोल्दै उनले गठबन्धन गर्न चाहेनहरुसँग भने विचारको आधारमा आफूहरु खुला रहेको सुनाए । उनले भने,‘हामीले प्रष्ट भनेका छौं–लोकतन्त्रवादी, देशभक्ति र प्रगतिशील शक्ति एमालेसँगको साथमा उभिन्छौं भनेर आउनुभयो भने हामी उभ्याउँछौं । तर, वामपन्थी हुँ भन्ने शक्तिलाई, जो एमालेसँग साथमै उभिन्छौं भन्नेलाई हाम्रा शर्त छन । एमालेको झण्डा र चुनाव चिन्ह प्रयोग गर्नुपर्छ । वापमन्थी नाम गर्ने अनि धेरै चुलो पकाउने, पकाएर बाँडने बेलामा अर्को घरको बास्ना आयो भनेर सर्नेसँग विश्वास छैन् ।’

उनले निर्वाचनको लागि आफूहरुले अब विगतको गीत नगाउने पनि स्पष्ट पारे । उनले भने,‘०५१ सालदेखि यस्तो गर्यौं भनेर अब गीत गाउँदैनौं । अब हामी के गर्छौ भनेर बढि फोकस हुन्छौं । पार्टी त्यसमै फोकस हुन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने कुरालाई अब हामी प्रोत्साहान दिँदैनौं । युवा जेनरेशनलाई प्राथमिकता दिन्छौं ।’

कांग्रेसले दुई पटक एकल बहुमत पाएबाहेक अरु दलले एकल बहुमत नपाएको उनको भनाई छ । उनले भने,‘कुनै दलले पनि अहिलेसम्म बहुमत पाएको छैन् । जनताले अब एमाले रोज्ने कि गठबन्धन भन्ने बेला आएको छ ।’ उनले राप्रपासँग सहकार्यको विषयमा अहिलेसम्म पार्टीगत रुपमा सिट बाँडफाँडबारे छलफल नभएको स्पष्ट पारे । उनले राप्रपापनि गणतन्त्रको संविधानअनुसार दर्ता भएको दल भएको उल्लेख गर्दै मौखिक रुपमा राप्रपाले के बोल्छ थाहा नभएको सुनाए ।