काठमाडौं । नेकपा (एमाले)ले संसदीय चुनावमा सत्ता गठबन्धनविरूद्ध एक्लै सामना गर्ने किसिमले तयारी गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कोहीसँग मिल्न जाने वा कसैलाई भित्र्याउनेमा भन्दा पनि एक्लै चुनावको सामना गर्नुपर्ने चुनौती एमालेलाई आएको बताएका हुन् ।
बैठकमा अध्यक्ष ओलीले एमालेले कसैलाई आउन नभन्ने र अरूसँग मिल्न पनि नजाने बताउदै एमालेसामू एक्लै चुनाव लड्नुपर्ने चुनौती आएको बताए । संयमित भएर निर्वाचनमा सक्रिय बन्न अध्यक्ष ओलीले आग्रह समेत गरे । विकास र राष्ट्रियताको एजेन्डा लिएर सत्ता गठबन्धनविरूद्ध एमाले जनतामाझ जानुपर्ने उनको भनाइ थियो ।
यस्तै, अहिलेको सरकारबाट मुलुकको विकास सम्भव नरहेको कुरालाई जनतामाझ पु¥याउनै पर्ने उनको भनाइ थियो । ‘लोकतन्त्र र राष्ट्रियतालाई सुदृढ गर्नका निम्ति हामीले फेरि मुलुकको नेतृत्व लिन आवश्यक छ भन्ने कुरा जनतालाई बुझाउनु छ । एमाले एक्लैले यो चुनौतीको सामना गर्छ ।’, ओलीले भने ।