April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कम्युनिष्ट एकीकरणको पक्षमा प्रचण्ड

1.6K

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिष्ट पार्टीहरुको एकीकरण हुनसक्ने संकेत गरेका छन् । बिहीवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले समाजवादी विचारलाई सफल बनाउन बाम आन्दोलनलाई एकीकृत गर्ने प्रक्रिया शुरु भएको बताए । सो क्रमममा उनले पार्टी एकीकरणको संकेत गरेका हुन् ।

कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया शुरु भएको बताउँदै उनले भने,‘‘सच्चा वामपन्थीबीच एकता होस् भनेर हामीले प्रयास गरिरहेका छौ ।’ पछिल्लो समय चुनाव लड्ने विषयमा र समाजवादी क्रान्तिलाई अघि बढाउनका लागि सकरात्मक खबरहरु आइरहेको उनको भनाइ थियो ।

उनले आगामी चुनावपछि कम्युनिष्ट एकीकरण र ध्रुबीकरण शुरु हुने बताए । माओवादी पार्टीमा ठूलो विचलन आएको स्वीकार्दै प्रचण्डले अहिले पनि क्रान्तिकारी पार्टी बन्ने सम्भावना रहेको बताए ।

Advertisement

‘हामी अलिकति बिग्रेका छौं । हामी हिजो जस्तो छैनौं । हामी व्यक्तिवादी भएका छौं, आत्मकेन्द्रित भएका छौं, स्वार्थी भएका छौ’, उनले भने,‘क्रान्ति, समाज र राष्ट्रका निम्ति त्याग गर्नेतिर भन्दा पनि नेताहरु आफ्नै निम्ति कसरी गर्ने भनेर उद्धत हुन थालेका छन् ।’ नेकपा एमालेलगायत विभिन्न पार्टीहरुसँग एकता गर्दै टुट्दै गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकीकरणको संभावना देख्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।