काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताहरू नेकपा एमालेको वरिपरि गोलबन्द भएको बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रिय आकांक्षा सफल पार्न जनता एक जुट भएको बताएका हुन् ।
यही कुराले विपक्षी दल आत्तिएको ओलीले आरोप लगाए । मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि विपक्षी दलहरूले बनाइरहेको गठबन्धन बहुमत ल्याउनलाई नभएर प्रमुख प्रतिपक्षी दल एमालेलाई बहुमत ल्याउनबाट रोक्नको लागि बनाइरहेको उनको तर्क थियो ।
ओलिले भने, ‘यही कुरासँग आत्तिएका छन् केही प्रतिक्रियावादीहरू, यससँग आत्तिएर पाँच दलीय गठबन्धन, पाँच दलीयले नपुगेर अझ गठबन्धन विस्तारका लागि कुदिराख्या छन् । कहिले आठ दलीय गठबन्धन बनाउने कहिले के बनाउने भनेर कुदिराख्याछन् । यो गठबन्धन किन बनाउन प¥यो ? यत्ति साह्रो गठबन्धन किन बनाउनुप¥यो !’
यस्तै, ओलीले चुनावपछि दलहरू मिलेर सरकार बनाउने भन्दा पनि एमालेले बहुमत ल्याउने डरले गठबन्धनको लागि कसरत गरिरहेको बताए । ‘एमालेले बहुमत ल्याइहाल्छ अनि अरूले के मिलेर बनाउने र ! त्यसकारण एमालेलाई बहुमतबाट रोक्नका लागि अहिले सबै प्रयास भइरहेको छ । गठबन्धन बहुमत ल्याउन होइन एमालेलाई बहुमत ल्याउनबाट रोक्न बनेको हो ।’