लमजुङ । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीयताको विकल्प सोच्न नहुने बताएकी छन् । शनिबार एमाले जिल्ला शाखा लमजुङद्वारा बेँसीसहरमा आयोजित प्रशिक्षणमा बोल्दै उनले सङ्घीय लोकतन्त्रिक, गणतन्त्र नेपाल भनेर संविधानमै लेखिसकेको र अहिलेको आवश्यकता नै संघीयता भएकाले विकल्प सोच्न नहुने बताएकी हुन् ।
‘अहिले आएर यदाकदा संघीयता चाहिँदैन भनेर सङ्घीयता कमजोर बनाउन धेरै खर्च भयो, अप्ठ्यारो भयो भन्दै अनेकौँ टिकाटिप्पणी उठाउँदै संघीयता विरोधी सक्रिया हुन थालेका छन् ।
काम गर्ने ढङ्ग, शैली, पारदर्शिता भएको भए त संघीयता नराम्रो लाग्दैन थियो होला नि ।’, शाक्यले भनिन् ।
देशको विकासका लागि सङ्घीयता नै अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।