काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले बेला बेलामा गालामा ठ्याम्म हान्ने गरेको टिप्पणी गरेका छन् । ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालतर्फ संकेत गर्दै काँग्रेसले थप्पड हानेपछि रुने कराउने गरेको भन्दै व्यङ्ग्य गरेका हुन् ।
एमाले बागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षणमा ओलीले व्यङ्ग्य गर्दै भने, ‘काँग्रेसले ठ्याम्म हान्छ के गालामा झिल्का निस्कने गरी ! रुन्छन् अनि ठूलो छन् भन्दैमा हेप्ने, हेपाई अति भो !’ ओलीले माधव नेपाल र झलनाथ खनालको बोल्ने शैलीको समेत नक्कल गर्दै व्यङ्ग्य गरे ।
यस्तै, ओलीले सत्ता गठबन्धन फुटाउनै नपर्ने बताए । गठबन्धन स्वार्थका लागि बनेकाले स्वार्थकै कारण फुट्ने ठोकुवा गरे ।