डोटी । पर्यटनमन्त्री प्रेमबहादुर आलेले ‘विश्वसामु नेपालीको पहिचान दिलाउने धर्म-संस्कृति र कला लोप हुन दिनु नहुने बताए ।
आइतबार डोटीस्थित बडिकेदार पदमार्गको सिलान्यास गर्दै मन्त्री आलेले धर्म, कला र संस्कृतिको जगेर्ना गर्न सबै लाग्नुपर्ने औंल्याएका हुन् । ‘विश्वसामु नेपालीको पहिचान दिलाउने धर्म-संस्कृति र कला लोप हुन दिनु हुँदैन,’ मन्त्री आलेले भने । यसलाई नै हेर्न विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेको आलेको भनाइ छ ।
डोटीको दक्षिण भेगमा अवस्थित बडिकेदार जाने पदमार्ग निर्माणका लागि सरकारले ९ करोड रकम विनियोजन गरेको छ । उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिनेछ । बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गर्दछन् ।




