इलाम । इलामको चुलाचुली गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्र केरुङ विजयी भएका छन् ।
केरुङले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका ओमनारायण खनाललाई फराकिलो २ हजार ८ सय ९५ मतले पछि पार्दै चुलाचुलीमा इतिहास रचेका हुन् ।
पालिका अध्यक्षमा निर्वाचित केरुङले ६ हजार ६ सय ५० मत पाए भने एमालेका ओमनारायण खनालले ३ हजार ७ सय ५५ मत पाए ।
यस्तै, पालिका उपाध्यक्षमा भने एमालेकी दिलकुमारी लिम्बू (योङहाङ) ४ हजार ४ सय ५० मतसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शुकबहादुर लावतीले ३ हजार ४ सय ४२ मत पाए ।
पालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि कांग्रेस र माओवादीका बीच चुनावी तालमेल भएको थियो भने वडाहरुमा दुवै दलका उम्मेद्वार चुनावी मैदानमा आमनेसामने थिए ।
६ वडा रहेको चुलाचुली गाउँपालिकाको पछिल्लो मत परिणामले कांग्रेस शक्तिशाली देखिएको छ । उसले ५ वटा वडामा विजय प्राप्त गरेको छ भने वडा नम्बर १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बाजी मारेको छ ।
कुन वडा कसले जिते ?
वडा नम्बर १ पूर्ण लावती ७५३ (संलोराम)
वडा नम्बर २ लक्ष्मण श्रेष्ठ ८६७ (नेका)
वडा नम्बर ३ प्रेमकुमार श्रेष्ठ १०९८ (नेका)
वडा नम्बर ४ सागर जबेगू ८२९ (नेका)
वडानम्बर ५ बबिन राई ७०४ (नेका)
वडा नम्बर ६ दिलकुमार राई ८८९ (नेका)