November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

राज्य र पार्टी संयन्‍त्र प्रयोग गरी कैयन साथीको राजनीतिक हत्याको षड्यन्‍त्र गरियो : कोइराला

1.6K

काठमाडौँ — नेपाली कांग्रेस नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् । उनले राज्य र पार्टी संयन्त्र दुरुपयोग गरी धेरै नेता/कार्यकर्ताहरूको राजनीतिक हत्या गर्ने षड्यन्‍त्र भएको समेत आरोप लगाएका छन् ।

नेता कोइरालाले बुधबार जारी विज्ञप्ति‍मा पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर धेरैको राजनीतिक हत्या गर्ने षड्यन्त्र भएको उल्लेख छ । उनले भनेका छन्, ‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन् । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षड्यन्त्र पनि भएका छन् । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ ।’

नेता कोइरालाले टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो भन्दै प्रश्‍नसमेत गरेका छन् । उनले भनेका छन्, ‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षासमेत गरिने छ भनेर म साथीहरुलाई विश्वस्त पार्न चाहन्छु ।’

Advertisement