November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अध्यादेशविरुद्धको रिट प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलाशमा पेशी तोकियो

2.8K

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले हालै जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दर्ता भएको दुईवटा रिट निवेदनको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलाशमा पेशी तोकिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गरे संवैधानिक इजलाशको आठ नम्बरमा पेशी रहेको छ। १२ वटा मुद्दापछि पेशी रहेको मुद्दामा सुनुवाई हुने सम्भावना भने न्यून देखिन्छ। 

संवैधानिक परिषद्सम्बन्धी सरकारले मंगलबार जारी गरेको अध्यादेश अमान्य र बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेद नगत बुधबार दर्ता भएको थियो। 

Advertisement

मंगलबार सरकारले एक्कासी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो। उक्त अध्यादेश राष्ट्रपति भण्डारीबाट सिफारिस भएको केही समयमा जारी गरेकी थिइन्।