काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले औपचारिक रुपमा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार राजधानीमा आयोजित ‘पार्टी प्रवेश कार्यक्रम’मा पार्टी प्रवेश गर्दै उनले नेकपा एमाले रोज्नुको कारण समेत खुलाएकी छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै करिश्माले अभिनय क्षेत्रमा झण्डै तीन दशक काम गरे पनि देशका लागि अझै केही गर्न सक्छु भन्ने लागेर आफू एमालेमा जोडिएको बताइन् ।
करिश्माले भनिन्, ‘आजबाट एमालेमा रहेर राजनीतिमा अगाडि बढ्ने अठोट गरेकी छु ।’ करिश्माका अनुसार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र कार्यशैली, एमालेको नीति र देशभर देखिएको जनलहरका कारण एमाले रोजेको बताएकी छन् ।
त्यस्तै, उनले एमाले अहिलेको अवस्थामा देशको पहिलो पार्टी रहेको र युवादेखि बुढासम्मले एमाले नै रोजेका कारण पनि आफू एमालेमा प्रवेश गरेको प्रस्ट पारिन् । ।
पार्टी प्रवेशका क्रममा करिश्माले आफूले कुनै माग नगरेको तर आफ्नो कामलाई देखेर पार्टीले उचित जिम्मेवारी दिएमा पछाडि नहट्ने बताइन् ।




