July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

एमालेले बोलायो पोलिटब्युरो बैठक

3.3K

काठमाडौँ । नेकपा (एमाले)ले सोमबार पोलिटब्युरो बैठक बोलाएइको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएको छ । त्यस्तै, समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल हुने रिजालले बताए ।

९९ सदस्यीय पोलिटब्युरो बैठकमा चुनावी एजेण्डा के के हुने ? उम्मेदवारको मापदण्ड कसरी तय गर्ने ? लगायतका विषयमा छलफल हुने उपप्रमुख रिजालले बताए । एमालेले पार्टीको स्थायी कमिटी बैठक बसेपछि मात्रै चुनावी एजेन्डा तय गर्ने छ ।

Advertisement

उम्मेदवार पनि त्यही बैठकपछि टुंगो लगाइने छ । त्यस्तै यहि चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्दै छ भने १३ गते स्थायी कमिटीको बैठक बस्ने छ ।