February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

माओवादीको कार्वाहीमा परेका रंगेलीका मेयर दिलिप बगडिया एमालेमा प्रवेश

२०७८ फाल्गुन २५

5.5K

विराटनगर । मोरङ रंगेलीका मेयर दिलिप बगडिया एमालेमा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा माओवादीले उम्मेदवार बनाएका बगडीया एमालेमा प्रवेश गरेका हुन् ।

बगडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् । मोरङको आयोजनामा रंंगेलीमा तराई मधेश केन्द्रीत जनसभामा पुगेका ओलीले उनीसँगै मोरङका विभिन्न पालिकाबाट नेपाली काँग्रेस र माओवादीबाट झण्डै ५ हजार एमालेमा प्रवेश गराएको स्रोतले जनाएको छ ।

मंगलवार मात्र नेकपा माओवादी केन्द्रले मेयर बगडिया पार्टीबाट कार्वाही गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो । प्रदेश कमिटिको नाममा सार्वजनिक भएको विज्ञप्तिमा बगडिया पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिएकोले मेयरलाई कार्वाही गर्न निर्वाचन आयोगलाई लेखेर पठाइएको उल्लेख गरेको थियो ।

Advertisement