March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्न सुभास नेम्वाङको माग

२०७८ फाल्गुन २१

1.5K

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले स्थानीय तहको निर्वाचन तोकिएको समयमा नै सम्पन्न गर्न माग गरेका छन् ।

शनिबार आयोजित प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उनले वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन गर्न माग गरेका हुन् ।

निर्वाचनमा गएर राजनीतिक दललाई जनताले दूधको दूध र पानीको पानी छुट्याउन दिनुपर्ने उपाध्यक्ष नेम्वाङले बताए । उनले संविधान अनुसार अब तीनै तहको निर्वाचनमा होमिनुको विकल्प नरहेको समेत बताए ।

Advertisement

कार्यक्रममा प्रेस चौतारी नेपालको बागमती प्रदेशभित्रको चितवन शाखालाई उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरिएको छ । चार वटै प्रदेशका अधिवेशनको बन्दसत्रले आजै नयाँ नेतृत्व चयन गर्नेछ ।