November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक

2.7K

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक आकस्मिक बसेको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा अ‍ोली निवास बालकोटमा जारी छ ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बोलाएको हो ।

सचिवालयबाट महाअभियोगको ‘काउन्टरमा एमालेले नीति तय गर्ने बुझिएको छ । एमालेले सोमबार बिहान संसदीय दलको बैठक समेत बोलाएको छ ।

Advertisement

अध्यक्ष ओलीले राजनीतिक वातावरण बिर्गान महाअभियोग ल्याएको भन्दै त्यसको चर्को विरोध गरेका छन् ।