November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेले माघ १९ गतेका लागि बोलायो सचिवालय बैठक

3.3K

काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माघ १९ गते पार्टीको सचिवालय बैठक बोलाएको छ।

एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेकाे केन्द्रीय कार्यालयको बैठकले माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको हाे। पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले आजकाे बैठकमा सचिवालय बैठकका एजेण्डा तय गर्ने विषयमा विभिन्न सुझावहरू आएको बताए।

ती सुझावहरूका आधारमा बैठकका एजेण्डा तय गरिने उनले जानकारी दिए। आजको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब पनि दिएको छ।

Advertisement

सचिवालय बैठकमा पार्टीको हालै सम्पन्न जिल्ला अधिवेशन तथा राष्ट्रिय सभा निर्वाचनको बारेमा समीक्षा गर्ने लगायतका तयारी रहेको बुझिएकाे छ।