November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले जाजरकोटेको अध्यक्षमा दाइले भाइलाई हराए

2.1K

जाजरकोट : नेकपा एमाले जाजरकोटको अध्यक्षमा खिमबहादुर शाही निर्वाचित भएका छन्।

मंगलबार सम्पन्न मतगणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खिमबहादुर निर्वाचित भएका हुन्। खिमबहादुर २ सय १७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी करवीर शाहीले २ सय १० मत प्राप्त गरे। करवीर भाइ हुन भने खिम दाइ हुन्।

करवीर माधव नेपाल समूहमा लागेर केपी समूहबाट अलग भएका थिए। फेरि केपी समूहमा लागेका करवीरलाई चुनावमा प्यानल बनाएरै पराजित गरिएको छ। कुल ४ सय ३३ मतदाता थिए।

Advertisement

यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छन्। उनले २ सय २५ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नवराज सिंहलाई पछि पार्दै विजयी भएका हुन्। सिंहले  १ सय ७७ मत प्राप्त गरेका थिए।

सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन्। नरबहादुर खत्रीलाई पछि पार्दै गिरी विजयी भएका हुन्। गिरीले २ सय १५ प्राप्त गरेका थिए भने खत्रीले १ सय ८६ मत प्राप्त गरेका छ्न्।

यस्तै उपसचिवमा गोपालबहादुर नेपाली र नरबहादुर बस्नेत निर्वाचित भएका छन्। नेपालीले सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गरेका छन्। बस्नेतले २ सय ४७ मत प्राप्त गरेका छन्।

उपसचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छन्। शाहीले १ सय ५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ सय ४ मत प्राप्त गरेका थिए।