चितवन – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजतन्त्र फर्किने सपना सपना नदेख्न राजावादीहरलाई चेतावनी दिएका छन् ।
सोमबार गृहजिल्ला चितवनमा पत्रकारहरुसंग कुरा गर्दै गृहमन्त्री बादलले संघीय गणतान्त्रिक व्यवस्था र सरकार हटाउने सपना नदेख्न चेतावनी दिएका छन् ।
‘अहिलेको राजनीतिक शक्ति र व्यवस्था उल्ट्याउनका निम्ती उनिहरु शक्रिय भएका छन् । यो सन्दर्भमा राजाबादीका गतिविधिहरु र अरु शक्तिहरु पनि सतहमा आइरहेका छन्,’ उनले भने, ‘कोरोनाको संकटका समयमा सरकारलाई पनि विस्थापित गर्न सकिन्छ की भन्ने उद्देश्यले सरकार विरोधी शक्तिहरु सल्बलाएका छन् । आजको काँग्रेसको देशव्यापी प्रदर्शन पनि त्यही उद्देश्यले गरिएको हो, यी सबै मृगतृष्ण हन् ।’
उनले कांग्रेस, नेत्र विक्रम चन्द विप्लव र राजावादी सबै शक्ति व्यवस्था विरोधी भएपनि उनीहरुमा भिन्नता रहेको बताए । ‘राजाबादीहरु गणतन्त्र विस्थापित गरेर राजतन्त्र पुनस्थापना गर्न चाहान्छन । विप्लबहरुको उद्देश्य यो व्यवस्थाहरु बिस्थापित गरेर समाजबादी क्रान्ती गर्ने भन्ने हो’, उनले भने, ‘गणतन्त्र विरोधी होइनन् । नेपाली काँग्रेस सरकार विरोधी शक्ति हो । काँग्रेसले पनि सरकार बिस्थापित गर्ने अवसरको रुपमा लिएको र अहिले त्यही प्रकारका कृृयाकलापहरु गरिरहेका छन् ।’