June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

गोकर्ण विष्ट र योगेश भट्टराईको वरीयता बढुवा

2K

काठमाडौँ । नेकपा (एमाले)ले दशौँ महाधिवेशनबाट निर्वाचित ७ सचिवको वरीयतामा परिवर्तन गरेको छ ।

मंसिर २५ र २६ गते भक्तपुरमा चलेको एमाले केन्द्रीय कमिटीको बैठकले निर्धारण गरेको वरीयता क्रममा केही परिवर्तन गरिएको हो ।

एमालेले गोकर्ण विष्ट र योगेश भट्टराईको वरीयता बढुवा गरेको हो ।

Advertisement

यसअघि छविलाल विश्वकर्मा, रघुवीर महासेठभन्दा पछि राखिएका उनीहरुलाई अहिले अगाडि पारिएको हो । अन्य भने साविक नै छन् ।

यस्तो छ वरीयता

  • टोपबहादुर रायमाझी
  • लेखराज भट्ट
  • गोकर्ण विष्ट
  • योगेश भट्टराई
  • छविलाल विश्वकर्मा
  • रघुवीर महासेठ
  • पद्‍मा अर्याल