April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

सरकारले नै राजावादीलाई उचालिरहेको छ : विमलेन्द्र निधि

2.5K

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले नै राजावादीलाई उचालिरहेको आरोप लगाएका छन्। पछिल्लो समयमा राजावादीको सडक प्रर्दशनलाई सरकारकै साथ रहेको उनको टिप्पणी छ। उनले भने, ‘मेरो आरोप त सरकारले नै राजवादीहरुलाई उचालिरहेको छ भन्ने हो।’

तर राजावादीको प्रदर्शनले राजा फर्किने कुरा त दिवास्वप्न भएको बताए। संघीयता, गणतन्त्र र संसदीय प्रणालीको विकल्पमा अर्को कुनै प्रणाली सम्भव नभएको दाबी छ। राजावादीलाई लक्षित गर्दै उनले भने, ‘यो संविधानको विकल्पमा अर्को संविधान ल्याउँला भनेर कसैले सोचेको छ भने त्यही सोच्ने सिद्धिन्छ।’

जनता जागरुक रहेको शक्तिशाली पनि रहेको उनको भनाई थियो। ‘यो प्रणाली कसैले उल्ट्याउन सक्छ भन्ने लाग्दैन। तर, हाम्रो चिन्ता सरकारले किन यिनीहरुलाई उचालिरहेको छ भन्नेमा हो,’ उनले भने। 

Advertisement

सरकारकै अकर्ण्यताले अन्य शक्ति मौलाउने अवसर पाएको उनको निष्कर्ष छ। संघीय संरचनालाई सुदृढ पार्नुपर्ने सरकारले प्रदेश सरकारलाई निरिह बनाएको उनले आरोप लगाए।