काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्न बोलाएको बैठक केहीबेर बसेर स्थगित गरिएको छ । बैठक डेढ घण्टाका लागि स्थगित भएको छ ।
एमाले नेताका अनुसार अध्यक्ष केपी शर्मा ओलीको बीचमै अर्को कार्यक्रम परेपछि बैठक स्थगित भएको हो ।
ओलीले महाधिवेशनका सन्दर्भमा २ बजे सम्पादकहरूसँग छलफल गर्दैछन् । बैठक पुन ३ः३० बजे बस्नेछ ।




