काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । बस्नेतले एक नम्बर मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
बस्नेत ललितपुर क्षेत्र नम्बर ३ को अधिवेशनमा महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ एक नम्बरमा मत ल्याएर बस्नेत विजयी भएका छन् ।
उनले ३९९ मत मध्ये २७८ मत प्राप्त गरेका छन् । बस्नेतले १४ औं महाधिवेशनमा काँग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।