November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बैतडीमा सभापतिका लागि चन्द र भट्ट चुनावी मैदानमा

3.4K

बैतडी : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडीमा जिल्ला सभापतिका लागि दुई जना चुनावी मैदानमा रहेका छन्। मंगलबार हुने निर्वाचनका लागि चतुरबहादुर चन्द र शिवराज भट्टले आ-आफ्नो प्यानल बनाएर नै चुनावी मैदानमा उत्रिएका हुन्। 

जिल्लाको नयाँ नेतृत्व निर्वाचनमार्फत नै हुने देखिएको छ।  यसअघि शनिबार सम्पन्न दुईवटै प्रदेशसभा क्षेत्रको नेतृत्व पनि निर्वाचनबाटै चयन भएको छ।

प्रदेशसभा क्षेत्र  (क)मा भट्ट समूहबाट उम्मेदवार बनेका विष्णुप्रसाद भट्ट विजयी भएका छन् भने प्रदेशसभा क्षेत्र (ख)मा चन्द समूहबाट उम्मेदवार बनेका शिवराज भट्टले बाजी मारेका छन्।

Advertisement

(क)मा विजयी भएका विष्णुप्रसाद ४ मतान्तरले विजयी भए पनि (ख)मा विजयी भएका शिवराजले ३६ मत बढी ल्याएर सभापतिमा चयन  भए। 

प्रदेशसभाको नतिजालाई हेर्दा जिल्ला सभापतिमा चतुरबहादुरले जित्ने सम्भावना बलियो देखिन्छ।  चतुरबहादुरको समूहले  प्रदेशसभामा ६ सय ६० मत ल्याउँदा शिवराज समूहले ६ सय २८ मत ल्याए। यसरी हेर्दा चन्द समूह बलियो देखिएको छ।

यसका साथै चन्द समूह विजयी भएको (ख) क्षेत्रमा  प्रदेश प्रतिनिधिहरुमा समेत प्यानल नै आएको छ तर भट्ट समूह जितेको (क)मा चन्द समूहका पनि तीनजना पर्न सफल भएका छन्।