May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

कांग्रेसले आज ६० जिल्लाका निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै

2.1K

काठमाडौं :  नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्धारित कार्यतालिकाअनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन आज सुरु हुन लागेको हो।

१४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।  संयोजक यादवले भने, ‘१४ वटा जिल्लाको प्रतिनिधि सभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ। गोरखा र म्याग्दीको सम्पन्न भयो, सोलुखुम्बुको अधिवेशन शनिबार सम्पन्न भयो। जुम्लाको अधिवेशन पनि आइतबार भएको छ। बाँकी रहेका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सोमबारबाट अधिवेशन सुरु हुँदैछ।’

वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्ने छन्।

Advertisement

यस्तै  प्रदेश सभा निर्वाचन क्षेत्रको शुक्रबार सम्पन्न अधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम परिणाम आउने क्रम जारी छ। केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले ६० वटामध्ये ४६ जिल्लामा नेतृत्व चयनको प्रक्रिया पूरा भएको बताए।