काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँगै सभामुख अग्निप्रसाद सापकोटा पनि अनुपस्थित भएका छन्।
आइतबार बिहान नौ बजेका लागि डाकिएकको परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस देउवा र सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुगेको हो।
सभापति देउवा सरकारविरुद्ध हुन लागेको आन्दोलनमा सहभागी हुन मकवानपुर पुगेका छन्। कांग्रेसले भोलि सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्दैछ।
यता सभामुख सापकोटाले पूर्वनिर्धारित तालिका अनुसार अन्य कार्यक्रममा सहभागी भएको सन्देश पठाएका थिए। उनले आफू अन्य बैठकमा व्यस्त हुनुपरेकाले आउन नसकेको खबर सचिवालयबाट पठाएका छन्।
दुई सदस्य अनुपस्थित भएपछि बैठक स्थगित भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिपक्षी नेता देउवाले बैठकमा नआउने खबर पठाएको जानकारी दिए।
बालुवाटमा बस्ने भनिएको बैठकमा सहभागी हुन प्रधानन्यायाशीध चोलेन्द्र शम्शेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना पुगेका थिए।