जनकपुर । जनकपुरमा नेकपा एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठले मनोमानी ढङ्गले महाधिवेशन प्रतिनिधि छनौट गरेको भन्दै असन्तुष्ट पक्षले शनिबार विरोध प्रदर्शन गरेका छन् । एमालेको प्रदेशका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा महासेठ विरुद्ध जनकपुरधाममा नाराबाजीसहित प्रदर्शन गरिएको हो ।
एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा महासेठले गुटबन्दी गरेको र आसेपासे साथै नातागोतालाई छनौट गरेको भन्दै बाध्यतावस उनीविरुद्ध उत्रिनु परेको प्रमुख सचेतक साहले बताए ।
जनकपुरधामको नगर परिक्रमा गर्दै नेकपा एमाले धनुषाको पार्टी कार्यालयमा गई प्रदर्शन सम्पन्न भएको थियो