November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस धनकुटा प्रदेशसभा (ख) को सभापतिमा राजन पौडेल निर्वाचित

4.3K

धनकुटा : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनकुटामा भएको अधिवेशनमा प्रदेशसभा (ख) को सभापति पदमा राजन पौडेल निर्वाचित भएका छन्। 

उनी २३३ मतसहित विजयी बनेका हुन। जम्मा ४३५ मत खस्दा उनका निकटतम प्रतिस्पर्धी तिलक महतले १७६ प्राप्त गरेका छन्।

प्रदेशसभा (ख) मा सभापति, सचिव र सहसचिव पदमा मतदान भएको थियो। समितिको सचिवमा दिलराज घिसिङ र गोपाल राई निर्वाचित भएका छन्। उनीहरुले क्रमश २२७ र १७० मत प्राप्त गरेका छन्। यस्तै, सहसचिव विश्वास पुलामी र मणिराज राई निर्वाचित भएका छन्। 

Advertisement

त्यस्तै, उपसभापतिमा चन्द्रकुमार लिम्बू र भीमबहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए। कोषाध्यक्ष निर्वाचित पदाधिकारी मनोनित गर्ने कांग्रेसको विधानमा उल्लेख छ।