November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

१०औँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेले नेता कार्यकर्ताबाट साढे सात करोड रुपैयाँ संकलन गर्ने

२०७८ कार्तिक २४

4.7K

काठमाडौं । १०औँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेले नेता कार्यकर्ताबाट झण्डै साढे सात करोड रुपैयाँ संकलन गर्ने भएको छ । जसका लागि पार्टीका साधारण सदस्यबाट कम्तिमा एक सय रुपैयाँका दरले रकम संकलन गर्ने भएको हो ।
संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनका लागि ७ लाख ३० हजार पार्टी सदस्यबाट कम्तिमा प्रतिव्यक्ति सय रुपैयाँ खातामा जम्मा गर्न निर्देशन दिएको हो

त्यसैगरी बैठकले चितवन जिल्ला, जिल्लाका आसपासबाट व्यापक रुपमा जनसहभागिता गराउने, कम्तिमा पनि पाँचलाख जनसहिभागिता जनाउने, विभिन्न देशमा रहेका भाइचारा संगठनहरुलाई निमन्त्रणा पठाउने, सत्तारुढा दललाई पनि आमन्त्रण गर्ने जस्ता निर्णयहरु गरेका पार्टीका प्रवक्ता योगेश भट्टराईले बताए ।

एमालेको १०औं महाधिवेशनको उद्धघाटन मंसिर १० गते अपरान्ह १२ बजे चितवनको नारायणी नदीको मैदानमा हुन लागेको हो ।

Advertisement