November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मंसिरभित्र महाधिवेशन सक्ने गरी काम गर्न प्रधानमन्त्री देउवाको निर्देशन

2.6K

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशन मंसिरभित्रै सक्ने गरी अगाडि बढाउन निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकमा सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई आग्रह गरेका हुन् ।

कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन नै गरेको छैन भने १३ जिल्लामा जिल्ला अधिवेशन नै सकिइसकेको छ ।

कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने भनेकोमा कार्यतालिका प्रभावित भइसकेको हुनाले सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी अगाडि बढ्न आग्रह गरेको स्रोतले जनाएको छ ।

Advertisement