November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतीय जनता पार्टीका नेता काठमाडौंमा

3.4K

काठमाडौं– भारतीय पक्षले एकपछि अर्को नेपाल भ्रमण जारी राखेका छन्। हालै विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल आएर फर्केका थिए। त्यसपछि सत्तारुढ भारतीय जनता पार्टीका नेता तथा भाजपाका विदेश मामिला प्रमुख विजय चौथीवाल नेपाल भ्रमणमा आएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विष्णु पौडलसँग भेट गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू काठमाडौं आएको र प्रधानमन्त्री र महासचिवसँग भेट भएको उल्लेख गरेका छन्। लामो समयदेखि संवादहीनता रहेको अवस्थामा हालै नेपालमा भारतीय पक्षको भ्रमण बाक्लिँदै गएको छ।

सुरुमा भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामान्त गोयलले नेपाल भ्रमण गरेका थिए।

Advertisement