November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेताहरूले अवसर पाएर पनि काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको हो: प्रकाशमान सिंह

2.1K

काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको बताए ।

नेताहरूले अवसर पाएर पनि काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको भन्दै १४ महाधिवेशनले पनि पुरानै नेताहरूलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिए ।

नेपाली कांग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको बताए ।

Advertisement

नेता सिंहले आफूले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अब सभापतिमा उम्मेदवारी दिने योजना बनाएको बताए ।

उनले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने बताए ।