April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ओलीबिनाको स्थायी कमिटी बैठक [फोटोफिचर]

2.2K

काठमाडौं –  नेकपाका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिबिना नै नेकपा स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्याल धुम्बाराहीमा सुरु भएको छ।

ओलीका लागि राखिएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालको आसनबीचको कुर्सी खाली राखेर स्थायी कमिटी बैठक केही बेरअघि सुरु भएको हो।

बैठकमा प्रचण्ड, वरिष्ठ नेता खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल पनि सहभागी छन्। त्यसैगरी प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता रामबहादुर थापा बादल पनि बैठकमा सहभागी छन्। अर्कातिर नेता ईश्‍वर पोखरेल पनि बैठकमा सहभागी भएका छन्।

Advertisement