November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एकता मजबुत बनाउनुपर्ने माधव पक्ष स्थायी कमिटी बैठकको निर्णय

2.5K

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ।

सोमबार बानेश्वरस्थित क्वालिटी ब्याङ्क्विटमा बसेको बैठकमा एकतालाई मजबुद बनाउने विषयमा अधिकांश नेताले धारणा राखेको भएपनि कुनै ठोस निष्कर्ष निस्किएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। 

यसअघि आइतबार बसेको बैठकमा पनि नेताहरुले पार्टी एकतामा जोड दिएका थिए। एमालेका दुवै पक्षका सांसदहरुले एकता कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गरी आन्तरिक एकता कायम राख्न दबाब दिन सुरु गरेका छन्। आइतबार दुबैपक्षका गरि २७ सांसदले छलफल गरेका थिए। 

Advertisement