November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको उपस्थिति हुन्छ : महासचिव पौडेल

4K

काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित हुने बताएका छन्। प्रधानमन्त्री आजको सचिवालय बैठकमा उपस्थित हुने नहुने अन्योल भइरहेका बेला महासचिव पौडेलले प्रधानमन्त्री बैठकमा उपस्थित हुने बताएका हुन्।

यसअघि प्रधानमन्त्रीको सचिवालयले ओली अरु नै कार्यक्रममा व्यस्त हुने भन्दै सचिवालय बैठकमा उपस्थित नहुने जनाएको  थियो। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजे पुनः बैठक बस्ने निर्णय गरेको थियाे।

पछिल्लो समय नेकपाका अध्यक्षद्वयले सचिवालय कमिटीमा छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि नेकपाको विवाद पेचिलो बनेको छ। पार्टीले मंसिर १८ गतेका लागि स्थायी कमिटी बैठक र मंसिर २५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। तर पार्टीका अध्यक्षद्वयको तिक्तताले यी बैठक निर्धारित समयमा बस्नेबारे पनि शंका उब्जिएको छ। 

Advertisement