April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बालुवाटारमै सारियो नेकपाको सचिवालय बैठक

3.8K

काठमाडौँ– आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ ।

आन्तरिक सुरक्षाको कारण देखाउँदै बैठक बालुवाटार मै बस्ने भएको हो । अर्थमन्त्री समेत रहेका पार्टी महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमै बस्ने जानकारी गराएका थिए ।

यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि बालुवाटारबाट सुरक्षाको कारण देखाइ बालुवाटारमै बैठक बस्न भनिएको जनाएको छ ।

Advertisement

शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए र अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो ।