November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अध्यक्षको राजीनामा माग्नु एकताविरोधी गुटगत मानसिकता होः शंकर पोखरेल

2.7K

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्षको राजीनामा माग्नु एकताविरोधी मानसिकता भएको बताएका छन्।

‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकताविरोधी गुटगत मानसिकता हो’, पोखरेलले फेसबुकमा लेखेका छन्।

पोखरेललाई ओलीका विश्वास प्राप्त नेताको रुपमा चिनिन्छ।

Advertisement

नेकपाको पछिल्लो विवादमा अध्यक्ष ओलीको राजीनामा माग भइरहेको छ। कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई त्याग गर्न भनेका थिए।

ओलीले आफूले राजीनामा नदिने स्पष्ट पारिसकेका छन्। बरु, प्रचण्डले लगाएको आरोप पुष्टि गर्न नसके उनैले पद छाड्नुपर्ने बताइसकेका छन्।