November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

संसद विघटनपछि पौडेलको प्रतिक्रियाः ‘राष्ट्रपतिले संविधान च्यात्न थाल्नुभयो, संविधान भत्काउने षड्यन्त्र भयो’

1.8K

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्री मिलेर ठूलो षड्यन्त्र गरेको टिप्पणी गरेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यरातमा मध्यावधि निर्वाचन घोषणा गरेपछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले राष्ट्रपतिले संविधान च्यात्न थालेको बताए।  ‘राष्ट्रपतिले संविधान च्यात्न थालिन्। संविधान भत्काउने षड्यन्त्र भयो’ उनले भने।

वरिष्ठ नेता पौडेलले कांग्रेसले यसको प्रतिवाद गर्ने बताए। ‘कांग्रेसले संसद विघटनको कानुनी र राजनीतिक प्रतिवाद गर्छ उनले भने,‘सबैभन्दा पहिले कानुनी लडाई सुरु गर्नुपर्छ। कांग्रेसले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन।’

Advertisement