काठमाडौं– देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ।
राष्ट्रपतिको पछिल्लो आह्वानपछि पार्टीले चाल्ने कदमका विषयमा छलफल गर्न शुक्रबार विहान बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।
पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको सहभागिता रहने बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहान ९बजे बस्नेछ।
कांग्रेसले राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न प्रकाशित विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक भएको ठहरसमेत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र ’इच्छा’ मुताविक विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार सरकार बनाउने समय आह्वान गरेको कांग्रेसको भनाइ छ।
प्रधानमन्त्रीले विश्वासको मत नलिने हो भने त्यसअघि नै राजीनामा दिनुपर्ने तर्क कांग्रेसको छ।